डेङ्गु सङ्क्रमणबाट हेटौँडाका एक युवकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते
हेटौँडा उपमहानगरपालिका १२ का एक युवकको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको छ । स्वास्थ्य कार्यालय मकवानपुर चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ती युवाको बिहीबार मृत्युभएको हो । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार तीन दिनअघि हेटौँडाको एक निजी अस्पतालमा जाँच गराउँदा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । निजलाई थप उपचारका लागि बुधबार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएकोमा अस्पतालमा उपचारको क्रममा मृत्युभएको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।
चालु आवको बिहीबारसम्ममा मकवानपुरमा डेङ्गु रोगका कारण एक जनाको मृत्यु हो ।
गत आर्थिक वर्षमा मकवानपुर जिल्लामा पाँच हजार ८६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुँदा एक जनाको डेङ्गु रोगका कारण मृत्युभएको थियो ।

ताजा समाचार

Related Articles