विषालु च्याउ खाँदा तीन परिवारका छ जना बिरामी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २४ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिका २ स्थित ओडारमा विषालु च्याउ खाँदा तीन परिवारका छ जना बिरामी परेका छन् ।
जङ्गलबाट ल्याएको च्याउ मङ्गलबार राति पकाएर खाएका स्थानीय २६ वर्षीय विकास चेपाङ, छ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीया सुनीमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा, आठ वर्षीय अमोस चेपाङ र ५५ वर्षीय लालसिं चेपाङ बिरामी परेका हुन् ।
विकास, सन्तोष र सुनीमाया एक परिवारका हुन् । यस्तै लालसिं र अमोस एक परिवारको भएको बताउँदै राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विजय कापरीले बिरामी भएकाहरुलाई थप उपचारको लागि अन्यत्र जान भनिएको जानकारी दिनुभयो । च्याउ खाएर वान्ता आउनेलगायतका स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई गएराति नै सरिखेतस्थित स्वास्थ्य चौकीमा प्रारम्भीक उपचार गरिएको थियो । राजकुमारले आफुहरुको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको बताउँदै अमोस र काका लालसिंले च्याउ कम खाएकाले गाउँकै स्वास्थ्य केन्द्रमा उपचारपछि घरमा नै रहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles