गण्डकी गङ्गा आरती हेर्न भक्तजनको घुइँचो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २८ गते ।
चितवनस्थित देवघाटस्थित धर्म दर्शन आश्रममा दैनिक साँझ हुने गरेको गण्डकी गङ्गा आरतीमा भक्तजनको दैनिक घुँइचो लाग्ने गरेको छ ।
दैनिक साँझ ६ः३० बजेबाट धर्म दर्शन आश्रम परिसरमा गण्डकी गङ्गा आरती हुँदै आएको छ । धर्म दर्शन आश्रम परिसरमा शनिबार साँझ पानी, झरीको पर्वाह नगरी भक्तजन गण्डकी गङ्गा आरतीमा पानी, झरीको पर्वाह नगरी पुगेका थिए । आकर्षक गण्डकी गङ्गा आरतीको क्रममा देवघाटमा रहेको कन्या गुरुकुलुम श्री रामजनकी बालिका आश्रम र रामजानकी गार्गी गुरुकुलुमका किशोरीहरुको भजन भक्तजनलाई मोहित बनाएको थियो ।
हरिशयनी एकादशी असार १४ गतेदेखि सुरुभएको पुरुषोत्तममास महात्मय सङ्गीतमय कथा वाचन यही साउन मङ्गलबार सकिदैछ । यस्तै श्रीमद् वाल्मीकीय रामायाण कथा वाचन आगामी मङ्सिर ११ गतेसम्म चल्ने छ ।
पुरुषोत्तममास महात्मय र वाल्मीकीय रामायाण सङ्गीतमय कथा वाचन कथाव्यास पण्डित कुबेर सुवेदीले गर्दै आउनुभएको छ ।

ताजा समाचार

Related Articles