नागरिकका समस्याप्रति सरकार बेखबरः एमाले नेता थपलिया

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २८ गते ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बैठक राख्न प्रदेश सरकारसँग माग गरेको छ ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आइतबार संसदीय दलको कार्यालय, हेटौँडामा पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिक दैनिक समस्यामा परिरहँदासमेत सरकार बेखबर बनेको भन्दै एमाले संसदीय दलले तत्काल बैठक राख्न माग गर्नुभएको हो ।
एमाले संसदीय दलका नेता थपलियाले नागरिकका आवाज उठाउनुपर्ने प्रदेश सञ्चालन नगरेकोप्रति आपत्ति जनाउँदै प्रदेश सभालाई विजनेस दिन नसकेको बताउनुभयो ।सङ्घीयतामाथि चौतर्फी रुपमा प्रहार भइरहेको वर्तमान अवस्थामा सङ्घीयता काम लाग्दैन भन्ने प्रमाणित गर्नेखालका गतिविधिमा सरकार लागेको आरोप लगाउँदै एमाले संसदीय दलका नेता थपलियाले नागरिकका समस्या प्रदेश सभामा छलफल गर्ने वातावरण तयार गर्न माग गर्नुभयो ।
उहाँले सरकारले गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles