पहिरोका कारण बकैयाको तीन घर जोखिममा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते ।
मकवानपुरको बकैया गाउँपालिका ११ मा पहिरोका कारण तीन घर जोखिममा परेको छ । बकैया गाउँपालिका ११ का वडाध्यक्ष गोपाल लामाले अविरल वर्षापछि आएको पहिरोका कारण स्थानीय बिबिमाया थिङ, हिरामाया वाईबा र सन्चुमाया वाईबाको घर परेको जानकारी दिनुभयो ।
शनिबार र आइतबार आभएको अविरल वर्षासँगै घरभन्दा तलबाट पहिरो जान थालेपछि तीन धरपरिवार जोखिममा परेका हुन् ।
पानी परेको समयमा पहिरो आएर जोखिम बढेसँगै छिमेकीको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्था रहेको वडाध्यक्ष लामाले बताउनुभयो ।
पहिरोका कारण घर जोखिममा परेका परिवारलाई नेपाल रेडक्रस जिल्ला शाखा मकवानपुरले अस्थायी बासका लागि प्रति घरपरिवार दुई–दुई थान त्रिपाल र डोरी प्रदान गरेको छ । रेडक्रसले उपलब्ध गराएको त्रिपाल र डोरी पहिरो प्रभावित परिवार बिबिमाया, हिरामाया र सन्चुमायालाई वडाध्यक्ष लामाले घ हस्तान्तरण गर्नुभएको छ ।

ताजा समाचार

Related Articles