ढुङ्गाले किचेर एकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३१ गते ।
मकवानपुरको बकैया गाउँपालिका १ स्थित विजयडाँडाकी एक महिलाको ढुङ्गाले किचेर मृत्युभएको छ ।
स्थानीय धियालडाँडास्थित जङ्गलमा मङ्गलबार दिउँसो गाईभैँसी चराउन गएको अवस्थामा ढुङ्गामा बसिरहेको समयमा अचानक ढुङ्गा पल्टन गई सोही ढुङ्गाले किचेर स्थानीय रुपामाया लोको मृत्युभएको हो ।
५१ वर्षीया रुपामायालाई ढुङ्गाले किची मृत अवस्थामा रहेको स्थानीयलेदेखि मृतकलाई घरमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा बुधबार बिहान ल्याइएको छ ।

ताजा समाचार

Related Articles