व्यवसायीलाई करसम्बन्धी तालिम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३१ गते ।
मकवानपुरका ढुवानी तथा अन्य व्यवसायीलाई दुई दिवसीय करसम्बन्धी तालिम प्रदान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र मकवानपुर उद्योग वाणिज्य सङघको आयोजना तथा जिआईजेडको प्राविधिक सहयोगमा भएको तालिममा कर प्रक्रियासम्बन्धी जानकारी, व्यवसाय दर्ता तथा नविकरण, अग्रिम कर कट्टी, लगानीमा आयकर, व्याज दर, जरिवाना तथा पुनरावलोकनलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
बुधबार सम्पन्न तालिममा चार्टर्ड एकाउन्टेण्टद्वय अरुण राउत र रश्मिला महर्जनले प्रशिक्षण दिनुभएको थियो । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको तालिममा ढुवानी तथा अन्य व्यवसायी गरी ५० जनाको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles