बागमतीमा २४ घण्टामा डेङ्गुका १३६ सङ्क्रमित थपिए

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १ गते ।
डेङ्गु रोगको सङक्रमण तीव्र बन्दै गएको बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा शुक्रबार १३६ जना डेङ्गु रोगको सङक्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना सङक्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि शुक्रबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा तीन हजार ११९ पुगेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसाल प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको बताउनुहुन्छ ।
यस प्रदेशमा गत जनवरी यता सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि यता धादिङ जिल्लामा एक हजार २७५ जनामा डेङ्गु सङ्क्रमण भएको छ । यो अवधिमा यस प्रदेशमा डेङ्गु रोगका कारण दुई जनाको निधन भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

ताजा समाचार

Related Articles