कोषमा श्रमिकलाई सूचीकृत गर्न सहयोग गर्ने पालिका सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २ गते ।
नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकालाई सम्मान गरेको छ । पालिकाले योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु कार्यान्वयन गर्न सम्झौता सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेको भन्दै ट्रेड युनियन कांग्रेस मकवानपुरले सम्मान गरेको हो ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ स्वीकृत भए लगत्तै सो क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने निर्णय गरेकोले पालिकालाई सम्मान गरेको ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यम श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले चालु आर्थिक वर्षमा सय जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन बजेट विनियोजन गरी मकवानपुर जिल्लाकै पहिलो स्थानीय तह बन्न सफल भएकोले सम्मान गरिएको हो अध्यक्ष श्रेष्ठले भन्नुभयो । कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालाई ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका उपाध्यक्ष कुमार पौडेलले सम्मनपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनलगायत ट्रेड युनियनकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसअघि मकवानपुरको भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबिच योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु कार्यान्वयन गर्न गत मङ्गलबार सम्झौता भएको थियो ।
अनौपचारिक क्षेत्रको सामाजिक सुरक्षा योजना कार्यान्वयका लागि कोषसँग सम्झौता गर्ने फेदीखोला गाउँपालिकापछि भीमफेदी गाउँपालिका हो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ म पालिकाभित्रका सय जना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने गरी बजेट विनियोजन गरेको छ ।
सम्झौता अनुसार श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने व्यवस्था छ ।

ताजा समाचार

Related Articles