हक्कीको सोलिडारिटी कोर्स सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ५ गते ।
नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा साताव्यापी हक्कीको ओलम्पिक सोलिडारिटी कोर्स सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभा हलमा सम्पन्न भएको छ ।
कोर्समा प्रशिक्षक, निर्णायक र सङ्घका पदाधिकारी गरी कुल ३० को सहभागिता थियो । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षका साथै इभेन्ट्स म्यानेजमेन्ट बारे पनि प्रशिक्षण दिइएको थियो । सहभागीलाई एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनुभएको थियो ।
सहभागीलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल हक्की सङ्घका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्मालगायतले मङ्गलबार भएको समापन कार्यक्रममा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सामापनपछि हक्की स्टिक बनाउन काठको प्रयोग गरिने भएको हुँदा त्यसको सोधभर्ना स्वरुप एनओसी हातामा वृक्षरोपण गरिएको थियो । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आह्वानमा विश्वभर वृक्षारोपण गर्ने अभियानअन्तर्गत वृक्षरोपण गरिएको हक्की सङ्घले जनाएको छ ।

ताजा समाचार

Related Articles