पूर्व प्रदेश सभा सदस्य कार्कीको निधन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते । बागमती प्रदेशसभाका पूर्व प्रदेश सभा सदस्य सदस्य डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. कार्कीको बुधबार साँझ ५ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नेपाल तरुण दलका पूर्व महासचिवसमेत रहनुभएका कार्की लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । धादिङ जिल्लाको निकण्ठ नगरपालिका निवासी कार्की कांग्रेसको महासमिति सदस्यमिति सदस्यसमेत रहनुभएको थियो ।
स्वर्गीय कार्कीलाई श्रद्धान्जलीका लागि बिहीबार विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

ताजा समाचार

Related Articles