बस दुर्घटनामा आठ जनाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते ।
पृथ्वीलोकमार्गअन्तर्गत धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ चालिसेमा त्रिशुली नदीमा बस खसेर दुर्घटना हुँदा आठ जनाको मृत्युभएको छ । काठमाडौँबाट पर्वत म्याग्दी बेनीतर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि. को प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस बुधबार बिहान अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट अन्दाजी ३०÷४० मिटर तल खसेर दुर्घटनामा आज जनाको मृत्युभएको हो । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धार कार्यमा जुटेका गिए ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार दुई महिलासहित आठ जनाको मृत्युभएकोमा दुई जनाको पहिचान
खुल्न बाँकी रहेको छ ।
बस दुर्घटनामा परी मृत्युभएका म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की जिल्ला फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा, जिल्ला पर्वत जिल्ला जलजला गाउँपालिका ६ का वर्ष ४२ की राधिका सापकोटा र पर्वतकै मोदी गाउँपालिका ५ का वर्ष ४५को झपटबहादुर क्षेत्रीको सनाखत भएको प्रदेशप्रहरी कार्यालयले जनाएको छ । यस्तै दुर्घटनामा परी घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस चालक म्याग्दी जिल्ला बेनी नगरपालिका ६ का वर्ष ३० का दीपक थापा, बेनी ३ का वर्ष २४ का पूर्ण छन्त्याल, म्याग्दीका वर्ष अन्दाजी ४५ की सुनिता छन्त्याल, बङ्गलादेशका नागरिक वर्षा अन्दाजी ३५ का सुदीप मण्डल र बेनी ३ का वर्ष अन्दाजी २९ का गौतम छन्त्यालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस्तै बङ्गलादेशी नागरिक वर्ष ३२ का मोहमद हजिरहुल, बाग्लुङका वर्ष १९ की शुष्मा क्षेत्री, पर्वत जिल्लाको मोदी १ का वर्ष ४१ का गुरुदत्त शर्मा पौडेल र म्याग्दी जिल्ला मङ्गला गाउँपालिका २ का वर्ष १६ की गीता जंजाली मगरको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी बयोधा अस्पतालमा म्याग्दीको अन्नपूर्ण गापा १ का वर्ष १९ का कुशल अधिकारी, पर्वतको फलेवास नगरपालिकाका वर्ष अन्दाजी ६३ की हरिकला गौडेल, म्याग्दी अन्नपूर्ण गापा ३ का वर्ष २२ की अञ्जु राना मगर र म्याग्दीको गरुङ्गगा गापा ७ का वर्ष २९ का प्रविन पुनको उपचार भईरहेको छ ।
साथै म्याग्दीको रघुगङ्गा ६ का वर्ष २३ की रीना रानामगरका काठमाडौँ मेडिसिटी अस्पतालमा र कीर्तिपुर नगरपालिका ९ का वर्ष ५२ का खड्ककुमार श्रेष्ठको काठमाडौँको बीएनबीमा उपचार भईरहेको प्रहरीले जानकारी दिनएको छ ।
बसका सह चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ६ का वर्ष ३४ का रोशन तामाङ सकुशल उद्वार गरी प्रहरी कार्यालयको नियन्त्रणमा रहनुभएको छ ।
बाग्लुङ जिल्ला गलकोटका वर्ष ६८ की ज्ञानु बुढामगर अस्पतालमा उपचारपछि डिस्चार्ज हुनुभएको छ ।

ताजा समाचार

Related Articles