कांग्रेस कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध बन्न आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते
नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसका कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध र इमानदार बन्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको हेटौँडा उपमहानगरपालिका २ मा सचिवालयको बिहीबार उद्घाटन गर्दै पार्टी अनुशासन नमान्ने कार्यकर्ताको औचित्य नरहेको बताउनुभयो । उहाँले अरु समयमा कांग्रेस भनेर हिड्ने तर चुनावको समयमा अर्कैतर्फ मुख फर्काउने र पार्टी असहयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो
उहाँले प्रदेश राजधानी हेटौँडालाई बनाउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रदेश राजधानी हेटौँडा बनेसँगै यहाँको विकासको ढोका खुलेको बताउनुभयो ।
उहाँले प्रदेशभरका नागरिकले सरकार भएको अनुभूति गर्न पाउनुपर्ने भन्दै नागरिकका पक्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका कार्यक्रम बनाएर कार्यान्वयन गर्न आग्रह गर्न आग्रह गर्नुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले नागरिकको अधिकार र हित स्थापित गर्न राजनीतिमा लागेको भन्दै जननिर्वाचित भएपछि नागरिकको पक्षमा काम गर्नु दायित्व हो जुन पूरा गर्न लागेको बताउनुभयो ।
प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकार र संसदीय दलमा अस्थिरता सिर्जना गर्ने काम कोही कसैबाट हुनु हुँदैन भन्दै मन्त्रालयको नामअनुसारको अधिकार ल्याउने काम अब हुने बताउनुभयो ।
यस्तै खानेपानी, उर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले प्रदेश सरकार नागरिकको स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका समस्या सहजीकरणमा प्रतिबद्ध रहेको बताउँदै राजनीति सहज विषय नभएकोले सोच फराकिलो बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री उत्तम जोशीले परिवर्तन आफैबाट सुरु गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा हुने खानेलेभन्दा हुँदा खानेलाई अनुभूति हुने गरी काम गरिरहेको बताउनुभयो । प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठले नागरिकका समस्यासमाधान गर्न पहल गरिने बताउनुभयो ।

ताजा समाचार

Related Articles