तीर्थयात्री बोकेको बस दुर्घटनामा सात जनाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते ।
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा आत जनाको मृत्युभएको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गअन्तर्गत चुरियामाई मन्दिर नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । मृतकमध्ये छ जनाको छ जनाको शव भारतीय दूतावासले बुझेर लगेको र मृतक नेपालीका शव हेटौँडाको शव गृहमा रहेका मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते ११ जनाको हेटौँडाका विभिन्न अस्पतालको र चार जनौका चितवनस्थित अस्तालमा उपचार भइरहेको छ । चितवनमा उपचाररतमध्ये तीन जना भारतीय नागरिक र एक जना नेपाली महोत्तरीका रहेको मकवानपुरका प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । दुर्घटनामा परेकाहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।

ताजा समाचार

Related Articles