सेनाबाट अवकाशपछि भोम्जन कृषि कर्ममा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते ।
१८ वर्ष नेपाली सेनामा सेवा गरी अवकाशपछिको जीवन बलराम भोम्जनले कृषि कर्म लगाउन थाल्नुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा न. २ पौवाडाँडाका भोम्जन सैनिक जीवनबाट सेवा निवृत भएसँगै कृषि पेशामा लाग्नु भएको हो ।
नेपाली सेनाबाट अवकाश लिएपछि सँगैका साथीहरु उहाँलाई विदेश जाउ नभनेका होइनन् तर भोम्जनले भने विदेश नगएर कृषि पेशा रोज्नुभएको छ । भम्जनले अहिले तरकारी खेतीसँगै बाख्रापालन गर्नुभएको छ । सुरुमा आफ्नै लगानीमा दुई वटा प्लाष्टिक टनेलमा तरकारी खेती शुरु गर्नुभएका भोम्जनलाई यो मकवानपुरगढी गाउँपालिकाले एउटा प्लाष्टिक टनेलमा सहयोग गरेपछि उहाँले अहिले तीन वटा टनेलमा गोलभेडा खेती गर्नुभएको छ । गोलभेडा उत्पादन भईरहेको बताउँदै उहाँले खुलामा जग्गामा पनि तरकारी खेती लगाउने तयारीसँगै तरकारी खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।
हालसम्म तरकारी खेतीबाट राम्रै भईरहेको छ, बाख्रापालनबाट पनि केही आम्दानी हुन्छ उहाँले भन्नुभयो आफ्नै घर परिवारसँग बसेर कृषि पेशा गरिरहेका छौ यसमानै सन्तुष्ट छौ । उहाँले अगाडि भन्नुभयो, सँगै अवकाश लिएका साथीहरु प्रायः वैदेशिक रोजगारीमा रहेको र अझै पनि बोलाईरहेका छन्, कृषि पेशामा रमाईरहेको छु विदेश जाने मन छैन ।

ताजा समाचार

Related Articles