अपाङ्गमैत्री संरचना बनाउन माग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ८ गते
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले आफ्ना मागहरु संबोधन गर्न आग्रह गर्दै बागमती प्रदेशको लोक सेवा आयोग हेटौँडालाई बिहीबार एक कार्यक्रमका बिच ध्यानाकर्षण गराएको छ ।
परीक्षास्थल अपाङ्गता मैत्री हुनुपर्ने आयोगद्वारा प्रकाशित पाठ्यक्रम तथा सूचनाहरु दृष्टिविहीन व्यक्तिहरुले पनि वेबसाइटमार्फत पहुँचयुक्त ढाचामा अध्ययन गर्न मिल्ने खालको बनाउनु पर्ने माग गरेको छ । यस्तै परीक्षामा सहयोगी लेखकयोग्य हुनुपर्ने, विषयगत खण्डमा प्राप्त हुँदै आएको थप समय आवश्यकताअनुसार ४५ मिनेटको वस्तुगत खण्डको परीक्षामा पनि उपलब्ध गराउनु पर्ने र अपाङ्गता भएका आयोगबाट सिफारिस कर्मचारीहरुको अभिलेख राख्नुपर्नेलगायतका बारेमा आयोगको ध्यानाकर्षण गराएको छ । र प्रदेश लोक सेवा आयोगको भौतिक संरचना अपाङ्गताहरुको लागि अपाङ्गमैत्री संरचना र पहुँचयुक्त ढाँचामा निर्माण गरिनु पर्नेलगायत विषय रहेको ध्यानाकर्षणपत्र आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलाई बुझाइएको हो । पत्र बुझ्दै आफूहरु यी विषयमा निक्कै सम्वेदनशील रहेको बताउँदै आयोगका अध्यक्षले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । छलफलमा आयोगका सचिव बाबुराम ज्ञवालीलगायत आयोगका कर्मचारीहरु, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल र महासंघ बागमती प्रदेशका कर्मचारीहरुकोसहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles