एन्जल्स हार्ट र ज्ञान निकेतन फाइनलमा

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ८ गते
एन्जल्स हार्ट र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले आयोजक ग्रिनफिल्ड नेसनल स्कुललाई २७–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा अदित पुनले ८ अंक योगदान गर्नुभयो । जेसन घलानको १२ अङ्क सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई २५–२३ को झीनो अन्तरले हरायो ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र जेनिथले उपाधि भिडन्त पक्का गरेको छ । ग्रिनल्यान्डले ज्ञान निकेतनलाई ७९–६१ ले पाखा लगायो । ग्रिनल्यान्डका सविन गुरुङले ३४ स्कोर गर्नुभयो । जेनिथले जेबी इङ्लिस स्कुलमाथि ५९–५८ को कठिन जित दर्ता ग¥यो । जेनिथका लागि सुशिल शाहीले २३ अङ्क जोड्नुभएको थियो ।
सिनियर गल्र्समा भ्याली पब्लिक र संस्कृति उपाधिका लागि भिड्ने भएका छन् । भ्याली पब्लिकले जेसिस इन्टरनेसनललाई ४१–१२ ले सहजै पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १८ स्कोर गर्नुभयो । रिब्स विरुद्धको प्रतिस्पर्धामा संस्कृति २४–११ ले विजयी भयो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

ताजा समाचार

Related Articles