आपसी एकता र सद्भाव राख्न सभापति देउवाको आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ९ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव राख्न आग्रह गर्नुभएको छ । उहाँले धरान घटनाका बारेमा शनिबार अपिल जारी गर्दै नेपालीको भावना र चाहना विपरीत धार्मिक–सामाजिक सद्भाव भडकाउने गतिविधि हामी कसैको पनि हितमा छैन र हुन सक्दैन भन्नुभएको छ ।

धरानको घटनाप्रति कांग्रेसले गम्भीर चिन्ता प्रकट गरेको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। ‘‘धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गर्दछ’’, सभापति देउवाले सार्वजनिक गर्नुभएको विज्ञप्तिको अगाडि थप भनिएको छ, ‘‘परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं। नेपालको कानूनले हरेक ब्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुदैन। साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन।’’  

ताजा समाचार

Related Articles