वज्रवाराही चौरको सौन्दर्यीकरण गरिँदै

लोकप्रिय

हेटौँडा, भदौ १० गते । 

मकवानपुरको थाहा नगरपालिका–६ मा रहेको वज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ । त्यस क्षेत्रकै प्रसिद्ध मन्दिर वज्रवाराही मन्दिरसँगै रहेको चौरमा चाइनिज दुबो लगाइएको छ । 

थाहा नगरपालिका–६ को कार्यालयले आठ हजार वर्गफिट क्षेत्रफलमा चाइनिज दुबो लगाएको हो । दुबो खरिद गरी स्थानीयको जनश्रमदानमा दुबो लगाइएको बताउँदै वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले चौरको आधा भागमा प्राकृतिक रैथाने दुबो रहेकाले त्यसलाई नै फैलने वातावरण निर्माण गरिने जानकारी दिनुभयो । 

दुबो लगाउन मात्र तीन लाख खर्च हुने देखिएको छ र तीन लाख रुपियाँ चौरको संरक्षण गर्न लागेको बताइएको छ । चौरमा अशोकलगायतका फूलका बिरुवा लगाएर चौरको सौन्दर्यीकरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । वज्रवाराही मन्दिरमा हरेक तीन वर्षमा लाग्ने जात्रा भर्न आएकाहरू सोही चौरमा नै जम्मा भएर भजनकीर्तन र शुभकामना आदानप्रदान गर्छन् । 

ताजा समाचार

Related Articles