सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

लोकप्रिय

काठमाडौँ, भदौ १३ गते

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ फरेका छन् । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका हुन् ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो ।

नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताउनु भयो ।

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो ।

तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।

ताजा समाचार

Related Articles