जुडो टोलीलाई सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ १४ गते ।

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई योग गर्न सहज होस् भनेर म्याट सहयोग स्वरुप प्रदान गरिएको छ । नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठले व्यक्तिगत रुपमा म्याट प्रशिक्षणमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग र्गाुभएको हो ।
आठ खेलाडी र तीन प्रशिक्षक गरी ११ सदस्यीय टोलीलाई कोषध्यक्ष श्रेष्ठले बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।
कोषाध्यक्ष श्रेष्ठले सबैले मिलेर गरेको सानो सहयोग पनि ठूलो हुने बताउँदै सहयोगले खेलाडीलाई थोरै भएपनि उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles