पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ १४ गते । सरकारले शुक्रबारबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ।

नेपाल आयल निगमले शुक्रबार बिहान १ः०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मूल्य वृद्धि गरेको हो।

पेट्रोल प्रति लिटर चार रूपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटरमा तीन रूपियाँ बढाएको छ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रूपियाँ बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर तीन रूपियाँ १७ पैसा, डिजेलमा दुई रूपियाँ ४८ पैसा र ग्यासमा १८६ रूपियाँ ४५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १७९ रूपियाँ ५० पैसा प्रतिलिटर तथा डिजेल र मट्टीतेल १६७ रूपियाँ ५० पैसा पर्नेछ।

खाना पकाउने ग्यासको भाउ भने सबैतिर एक हजार ८९५ रूपियाँ प्रतिसिलिन्डर पर्नेछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

pr oil nigam.jpg

ताजा समाचार

Related Articles