विश्वकै अग्लो स्थानमा ताल !

लोकप्रिय

डोल्पा, भदौ १८ गते ।

हिमाली जिल्ला डोल्पामा विश्वकै अग्लो स्थानमा रहेको ताल पत्ता लागेको छ । सिमेन गाउँबाट गएको गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ, वडा नं ६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङसहितको सत्र जनाको टोलीले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने डोल्पोबुद्ध गाउँपालिका ६ को फालगास्थित हिमाल नजिकै उक्त ताल पत्ता लगाएको हो ।

जिपिएस मेसिनबाट उचाइ नाप्दा ५ हजार १९० को उचाइमा ताल रहेको कुरा प्रष्ट देखिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । यसअघि “विश्वकै अग्लो स्थानमा रहेको भनी प्रसिद्ध रहेको तिलिचो ताल ४ हजार ९१९ मिटर उचाइमा रहेको ।

अहिले पत्ता लागेको ताल तिलिचोभन्दा २७१ मिटर माथि रहेको पाइएको छ । स्थानीय भाषामा यो तालको नाम कुन्ख्येन फालक रहेको बताइएको छ । अब प्रमाणिकरणका लागि सरकारलाई आग्रह गरिने गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङले बताउनुभयो ।

ताजा समाचार

Related Articles