बालेन्द्रको नाममा

लोकप्रिय

– लक्ष्मण बर्तौला

जागे झैं सुषुप्त सिहं अहिले योद्धा सुभद्रा सुत
लड्दैछन् अभिमन्यु हेर कसरी एक्लै ती कौरव सित

एक्लो साहस बाल–इन्द्र वीरको सम्मानको बात हो
मर्यादा पदको र संयम पनि चाहिन्छ त्यो खास हो ॥

ब्यक्ति सित कुनै उठ्यो रिस भनी भाँडो नफोड्नु कवै
तोडने, फोड्ने ,जलाउन्या र लुटन्या हुन ती नराधम सबै

सरकारलाइ गरेर गाली तिमीले सत्कर्म जो काम गर्यौ
आगोको र जलाउन्या जब भन्यौ धेरै पछाडिझर्यौ ॥

२०८० भदौ १८ गते

ताजा समाचार

Related Articles