सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

लोकप्रिय

काठमाडौँ, भदौ १८ गते ।

सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । 

सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भुकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड १९ संक्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा रुसी महासंघलाई धन्यवाद दिनुभयो ।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिनुभएको थियो ।

ताजा समाचार

Related Articles