करिब डेढ करोडका सामान बरामद

लोकप्रिय

हेटौँडा, भदौ १९ गते ।
भन्सार छलेर ल्याइएका करिब डेढ करोड रुपियाँ बराबरको सामानहरु मकवानपुर प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कायाल्य,पशुपतिनगर र प्रहरी चौकी रातोमाटेको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा भारतीय ट्रकबाट सामान बरामद गरेको हो ।
भारतको सिलाङबाट सुनसरी भन्सार हुँदै बुटवलतर्फ जानका लागि आएको यु पी ७५ ए टी ८६३२ नं. को भारतीय ट्रकमा भारतीय सैनिकको सेवा निवृत बन्दोबस्तीको समना रहेको भन्दै भन्सार बिल देखाएकोमा शङ्का लागि जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भन्सार छलेर ल्याईएको लत्ताकपडा, ईलोक्ट्रोनिक्स समान, मदिरा र अन्य समान बरामद गरिएको छ । प्रहरीका अनुसार ८३ लाख २९ हजार आठ सय रुपियाँ बराबरको लत्ताकपडा, तीन लाख ५० हजार रुपियाँ बराबरको ईलोक्ट्रोनिक्स सामान, १६ लाख ३८ हजार रुपियाँ बराबरको मदिरा र अन्य सामान अन्जाजी ३१ लख २७ हजार २५० रुपियाँ गरी एक करोड ३४ लाख ४५ हजार पचास रुपियाँ बराबरको मालसमान फेला परेको छ । बरामद गरिएका मालसामानसहित ट्रकका चालक भारतको उत्तर प्रदेश टावा भद्रपुर थानाका वर्ष ५५ का गोरे लाल, ट्रकमा सवार तनहुँ जिल्ला ब्यास नगरपालिका ४ का वर्ष ४९ का निमकाजी श्रेष्ठ र पर्वत जिल्ला विहादी गाउँपालिका ४ का वर्ष ३९ का खेमबहादुर गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको छ ।
तस्वीर क्याप्सन ः भन्सार छलेर ल्याइएको अवस्थामा मकवानपुर प्रहरीले बरामद गरेको सामानहरु ।

ताजा समाचार

Related Articles