कांग्रेसका प्रमुख सचेतक काफ्लेद्वारा राजीनामा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १९ गते ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिनुभएको छ ।
काफ्ले पार्टीलाई समय दिनुपर्ने भएको भन्दै संसदीय दलको प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको बताउनुभएको छ ।
उहाँले गतिशील र सबल कांग्रेसले मात्र देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने भन्दै प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी सङ्गठन र दोलखका जनताको सेवामा समय दिन अपुग भएको महसुस गरी राजीनामा दिएको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका काफ्ले कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहनका लागि प्रमुख सचेतक पदबाट राजीनामा दिएकोसमेत बताउनुभयो ।
कांग्रेस संसदीय दलका नेता बहादुरसिं लाम तामाङाले प्रमुख सचेतक काफ्लेले राजीनामा दिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles