विद्युतीय  धरापमा परी महिलाको मृत्यु

लोकप्रिय

धनगढी, भदौ १९ गते ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ कि एक महिलाको विद्युतीय धरापमा परी मृत्यु भएको छ । जंगली जनावरका लागि थापेको विद्यतीय धरापमा परी स्थानीय मन्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।

गएराति उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागी माया मेट्रो अस्पताल पुर्याए लगत्तै मृत्यु भएको बताईएको छ ।
विद्युतीय धराप राख्ने स्थानीय जंगीलाय चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जंगली जनावरबाट धानवाली जोगाउन भन्दै चौधरीले खेतको आलीमा विद्युतीय धराप राखेको पाईएको छ ।

ताजा समाचार

Related Articles