एन्फाले ३२ क्लबलाई बोलायो

लोकप्रिय

काठमाडौँ, भदौ २१ गते

अखिल नेपाल फुटबल (संघ) एन्फाले सहिद स्मारक डिभिजन लिगका असन्तुष्ट ३२ क्लबलाई छलफलमा बोलाएको छ ।

एन्फाले बिहीबार पत्र पठाउँदै असन्तुष्ट रहेका ३२ क्लबलाई शुक्रबार वार्ताको लागि तीन बजे सातदोबाटो स्थित मुख्यालयमा बोलाएको हो । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई पनि एन्फाले दिनुपर्ने बक्यौता रकम नदिएको भन्दै उजुरी गरेका थिए ।

भदौ २४ गते हुने तय विशेष साधारणसभा भौतिक उपस्थित हुनुपर्ने, बक्यौता रकम चाँडै पाउनुपर्ने ३२ क्लबहरूले माग राख्दै आएका छन् । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई पनि एन्फाले दिनुपर्ने बक्यौता रकम नदिएको भन्दै उजुरी गरेका थिए ।

एन्फा सकारात्मक नभए कुनै पनि प्रतियोगिता नखेल्ने र साधारणसभा नै बहिस्कार गर्ने ३२ क्लबहरूले चेतावनी यसअघि नै दिएका थिए ।

ताजा समाचार

Related Articles