चेपाङ समुदायको न्वाँगी पर्वमा प्रदेश प्रमुखको शुभकामना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २२ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वाँगी (छोनाम) का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चेपाङ समुदायले आज शुक्रबार मनाउँदै गरेको न्वाँगी पर्वका अवसरमा प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै पर्व मनाउने चेपाङ समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको हो । आफ्नो सन्देशमा प्रमुख शर्माले नयाँ अन्न खाने दिनका रुपमा मनाइने न्वाँगी पर्व चेपाङ जातीको जीवनशैली र संस्कृतिसँग जोडिएको उल्लेख गर्नुभएको छ । ‘भीरपाखामा बस्न रुचाउने चेपाङ समुदायले पाखापखेरामा लगाएको मकै–धान र फलफूल भदौमा पाक्ने भएकाले यही महिनामा न्वाँगी धुमधामसँग मनाउने गरिएको हो ।’ प्रमुख शर्माले भन्नुभएको छ,‘छरछिमेकी,नाताकुटुम्ब निम्ता गरी सामूहिक भोज, नाचगानसहित रातभर जागा बस्ने र सुखदुःख साट्ने पर्वका रुपमा न्वाँगीलाई लिइन्छ ।’
यस्ता पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्ने प्रमुख शर्माको भनाई छ । ‘बहुजातिय,बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा न्वाँगी जस्ता पर्वले विविधताभित्र एकता, धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा महत्वपूर्ण टेवा पु¥याउँदछ ।’ उहाँले भन्नुभएको छ,‘ चेपाङहरुको भाषा,धर्म,संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्वपूर्ण भूमिका खेल्दछ’ । लोपोन्मुख जातीका रुपमा रहेका चेपाङ समुदायको उत्थान तथा प्रगतिमा समेत यस्ता पर्वले सघाउ पु¥याउँने शर्माको विश्वास छ । चेपाङ समुदाय नेपालको बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ तथा देशका अन्य विभिन्न ३१ जिल्लामा बसोबास गर्दछन् ।

ताजा समाचार

Related Articles