निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २३ गते ।
हेटौँडा उपमहानगरपालिका १७ हटियास्थित प्रस्तावित जगद्गुरुत्तम चिकित्सालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा हार्डजोर्नी तथा नशा रोग, दन्त रोग, सामान्य चिकित्सा र फिजियोथेरापीसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा १२५ जनाको स्वास्थ्य परीक्षणसँगै निःशुल्क रुपमा औषधि वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।
मासिक रुपमा संचालन हुने उक्त शिविरमा हार्डजोर्नी तथा नशा रोग डा. आशुतोष दास, सामान्य चिकित्सा डा. सचिन दास, फिजियोथेरापिस्ट डा. रोशनी नेपाली र डा. प्रेमबहादुर कार्कीले स्वास्थ्य जाँच गर्नुभएको थियो । श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजनामा भएको शिविर श्री राधा माधव समिति नेपालका केन्द्रीय सदस्य किरण शर्मा भण्डारीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका १८ का वडाध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो ।

ताजा समाचार

Related Articles