बिपी साहित्य महोत्सव जारी

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते ।

नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री जननायक बिपी कोइरालाको ११०औँ जन्म जयन्तीका अवसरमा आयोजना गरिएको बिपी साहित्य महोत्सव जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोगमा पार्टी केन्द्रीय कार्यालय सानेपामा यही भदौ २४ देखि सुरु भएको महोत्सव २६ गतेसम्म चल्ने छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ११०औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । काँग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पु¥याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर छ । आजको राजनीतिक परिवेशमा समेत बिपीको विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ ।

महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles