डडेल्धुरामा निर्वाचन कार्यालय भवनको बन्ने

लोकप्रिय

डडेल्धुरा, भदौ २५ गते ।

 जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको भवन शिलान्यास गरिएको छ । जिल्लाको तुफानडाँडास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नजिकै निर्वाचन कार्यालयको भवन शिलान्यास गरिएको हो । 

निर्वाचन आयोगका आयुक्त डा.जानकी तुलाधरले एक कार्यक्रमका बीच आज शिलान्यास गरिएको निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 

सोमबार बिहान हिन्दु परम्परा अनुसार पण्डितबाट विधिवत् रुपमा पूजाआजा गरि निर्वाचन आयोगका आयुक्त तुलाधरले भवनको शिलान्यास गरेकी हुन । १८ महिनामा भवन निर्माण गरिसक्ने गरि गत असार १८ गते पासा मष्टा जेबीसँग २ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख अवस्थीले जानकारी दिनुभयो । भवन तीन तलाको हुने छ ।

ताजा समाचार

Related Articles