थाहा उवासङ्घ अध्यक्षमा ढकाल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २५ गते ।
मकवानपुरको थाहा नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
सङ्घको थाहा नगरमा शनिबार भएको प्रथम अधिवेशन एवं आठौँ साधारणले अध्यक्षमा ढकाललाई निर्विरोध निर्वाचित गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा शम्भुसिंह कार्की, वाणिज्यतर्फ उपाध्यक्ष सुरेन्द्रमान प्रधान, उद्योगतर्फ उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगत उपाध्यक्षमा राजेन्द्र बिडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्की र सहकोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत् निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत विवेक मानन्धरले कार्यसमिति सदस्यमा वाणिज्यतर्फ महिला सदस्यमा यशोदा अधिकारी र वस्तुगत सदस्यमा सुविन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।
यस्तै २२ जनाको निर्वाचन हुने व्यवस्था रहेको उद्योगतर्फ चार जना र खुला वाणिज्यतर्फ सात जना कार्यसमिति सदस्यसमेत निर्विरोध निर्वाचित हुनुभएको छ । उद्योगतर्फको सदस्यहरुमा राजनप्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट र हरेराम कार्की निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मानन्धरले बताउनुभयो ।
यस्तै वाणिज्यतर्फका सदस्यहरुमा अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, वलराम थापा, विक्रम केसी, यादव जंग रायमाझी र जयराम खत्री केसी निर्वाचित हुनुभएको छ ।
यसैबीच थाहा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कविराज खत्रीको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यमा प्रथम अधिवेशन एवं आठौँ साधारण सम्पन्नभएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरि, थाहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, दलहरुकोतर्फबाट लक्ष्मण विष्ट, महिला उद्यम विकास समितिका सभापति आरती श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles