नेपाल म्यानमारसँग पराजित

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते ।

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ ।

म्यानमारको यांगोनस्थित थुवुना रङ्गशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै १–० को हार बेहोर्न बाध्य भएको हो । नेपालले अन्तिमतिर काउन्टर अट्याकमा गोल खाँदै खेल सुम्पन पुग्यो । विन नाइन तुनले काउन्टर अट्याकमा गरेको गोल नै म्यानमारको जितका लागि पर्याप्त रह्यो । यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो ।

पहिलो खेलमा जिलेस्पी र हिसुबलाई डेब्यु दिएका अनेसेले दोस्रो मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबका दिनेश हेन्जनलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिए । हेन्जन ८३ औँ मिनेटमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेले ।

नेपालले अब अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेकमा लाओससँग फिफा वर्ल्ड कप छनोटको पहिलो चरणको खेल खेल्नेछ । खेल दशरथ रङ्गशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिखमा हुनेछ ।

ताजा समाचार

Related Articles