पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्था बुझ्न मन्त्री बस्नेत अस्पतालमा

लोकप्रिय

काठमाडौँ, २४ भदौ गते ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आइतबार साँझ ५ बजे वीर अस्पताल भर्ना हुनुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका विषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुग्नुभएको छ । मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिनुभएको छ । डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमि नगरेको महसुुस गरेको बताउनुभयो । मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएपछि वीरमा भिआईपी र भिभिआईपी गरी दुई शय्या थप्न लगाएर पाँच शय्या पुर्याएको र भिआईभी र भिभिआईपीको उपचारका लागि वीरसहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकहरुको टीम बनाएकोले उपचारका विषयमा चिन्ता लिनु नपर्ने जानकारी गराउनुभएको थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको जानकारी दिनुभयो । डा. यादवको उपचारका मुटुरोग विज्ञहरु डा.भगवान कोइराला, डा. रत्नमणि गजुरेल, डा. समिर पौडेललगायतको टीम संलग्न रहेको डा. बस्नेतले जानकारी दिनुभयो । । डा.बस्नेतका अनुसार डा. यादवको उक्तचाप नियन्त्रणमा छैन । तर उहाँको स्वास्थ्य अवस्था भने स्थिर रहेको उनले जानकारी दिनुभयो । मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमी हुन नदिन न्याम्सका उपकुलपति डा. बस्नेतलाई निर्देशन दिनुभएको छ । त्यसैगरी स्वास्थ्यमन्त्री बस्नेतले वीरमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्थामन्त्री एकराज कार्की र नेपाली कांग्रेसमा सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका विषयमा जानकारी लिनुभएको छ ।

ताजा समाचार

Related Articles