बिपीको सालिक अनावरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २४ गते ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हेटौँडा उपमहानगरपालिका ११ सरस्वतीस्थित बिपी बाटिकामा निर्माण गरिएको बिपी कोइरालाको अर्धकदको सालिक अनावरण गर्नुभएको छ ।
बिपी विचार समाज, मकवानपुरको आयोजनामा आइतबार भएको कार्यक्रममा नेता कोइरालाले नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका बिपी कोइरालाको सालिक अनावरणसँगै बिपी द्वाराको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा कांग्रेस नेता कोइरालाले बिपीको विचारलाई जिवन्त राख्न कांग्रेस कार्यकर्ता इमानदार हुनुपर्ने बताउनुभयो ।
कोइरालाको अर्धकदको सालिक र बिपी प्रवेश द्वार बागमती प्रदेश सरकारको सहयोग र जनश्रमदानसहित २२ लाख रुपियाँको लागतमा निर्माण भएको हो ।
बिपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, बागमती प्रदेश कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश सभा सदस्यहरु माया श्रेष्ठ, गीता गुरुङलगायतका उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles