एमाले उपाध्यक्ष नेम्वाङको निधनले स्तब्ध भएको छु: सभापति देउवा

लोकप्रिय

काठमाडौँ, भदौ २६ गते ।

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताउनुभएको छ। सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताउनुभएको हो।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उहाँले लेख्नुभएको , ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

गए राति १ बजे हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

ताजा समाचार

Related Articles