अर्जेन्टिना र ब्राजिल विजयी

लोकप्रिय

काठमाडौँ, भदौ २७ गते ।

साबिक विश्वकप विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा जित निकालेका छन् । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हरायो । अर्को खेलम ब्राजिलले पेरुलाई १–० गोलले स्तब्ध बनायो । 

बोलिभियाको राजधानी लापाजमा भएको खेलमा अर्जेन्टिना कप्तान लियोनल मेस्सीबिनै मैदानमा उत्रिएको थियो । अर्जेन्टिनालाई जिताउन एन्जो फर्नान्डेजले ३१औँ, निको टाग्लियाफिकोले ४२औँ र  निको गोन्जालेजले ८३ओं मिनेटमा गोल गर्नुभयो । 

यसैगरी पेरुमा भएको खेलमा ब्राजिललाई जिताउन मार्किन्हसले ९०औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । ब्राजिललाई गोल गर्न निकै सङ्घर्ष गर्नु परेको थियो । अर्को खेलमा इक्वेडरले उरुग्वेलाई २–१ गोलले हरायो ।

इक्वेडरको जितमा दुवै गोल फेलिक्स टोरसले गर्नुभयो । छनोट अन्तर्गत दुई चरणको खेल सकिँदा ब्राजिल ६ अङ्कसहित शीर्षस्थानमा छ। समान ६ अङ्क बनाएको अर्जेन्टिना गोल अन्तरका आधारमा दोस्रो र चार अङ्क बनाएको कोलम्बियाको तेस्रो स्थानका छ । एजेन्सी 

ताजा समाचार

Related Articles