मेयर शाह ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा

लोकप्रिय

काठमाडौँ, भदौ २८ गते ।

विश्कै प्रतिष्ठित टाइम म्यागेजिनले विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई पनि छनोट गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची सार्वजनिक गर्न थालेको हो ।

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका एक सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु छन् ।

२०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ ।

त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी हुनुभएको थियो ।

टाइमको सूचीमा सबैभन्दा कम उमेरमा युरोपेली संसदको अध्यक्ष बनेको रोर्बटा मेट्सोला, स्कटल्यान्डका फष्ट मिनिस्टर हम्जा युसुफ, त्यसैगरी युक्रेनको प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, भारतीय महिला क्रिकेट खेलाडी हर्मनप्रित कौर परेका छन् ।

त्यसैगरी अमेरिकाको वातावरण संरक्षणका प्रमुख प्रशासक माइकल रेगन, ग्रामी अवार्ड जित्ने गायीका केल्सी बलेरिनी, पुलिट्जर पुरस्कार बिजेता पत्रकार मोना चलाबी, भारतको केरलाका आर्किटेक्चर भिनु ड्यानिअल, आफ्नो पहिलो प्रतियोगतामै लेडिज प्रोफेसनल गल्फ एसोसिएसनको उपाधि जित्ने रोज झाङ टाइमको सूचीमा परेका छन् ।

त्यसैगरी आगामी वर्ष अमेरिकाले चन्द्रमा पठाउने चार अन्तरिक्ष यात्री मध्येका एक भिक्टर जे ग्लोभर पनि उक्त सूचीमा पर्न सफल भएका छन् । उनी पहिलो अश्वेत अन्तरीक्ष यात्री हुन् ।

ताजा समाचार

Related Articles