जुम्लामा स्याउ उत्पादन घट्यो

लोकप्रिय

जुम्ला, भदौ २८ गते । 

यस वर्ष जुम्लाको स्याउ उत्पादनमा गिरावट आएको छ । गत वर्ष भन्दा यस वर्ष जुम्लामा झण्डै ४० देखि ५० प्रतिशतले स्याउ उत्पादन घट्ने अनुमान गरिएको हो ।

गत वर्षको तथ्याङ्कलाई मात्र हेर्ने हो भने जुम्लामा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जिल्लाभर ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेको थियो ।

४ हजार २५० हेक्टर जमिनमा स्याउ खेती हुँदै आएको जुम्लामा यस वर्ष ३ सय हेक्टरले बढेर कुल ४ हजार ५ सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भए पनि उत्पादन विगतको भन्दा घट्नु दुखद भएको कृषि विकास कार्यालय सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

गत वर्ष १९ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष ४० प्रतिशतभन्दा बढीले स्याउ उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख गणेश बहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार भदौ २५ गते सम्मको तथ्यांकअनुसार जुम्लाबाट २१ हजार १ सय १० क्विन्टल मात्रै स्याउ निर्यात भएको छ ।

यस वर्ष जुम्लामा ४० देखि ५० प्रतिशतले स्याउ उत्पादन घट्ने अनुमान गरिएको अधिकारीले बताउनुभयो ।

ताजा समाचार

Related Articles