सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन 

लोकप्रिय

काठमाडौँ, असोज १ गते ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ । 

ओलीले खसी, बोकालगायतका वस्तु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेकोसमेत बताउनुभयो । 

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाउनु भयो । 

अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबीसमेत गर्नुभयो । 

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

ताजा समाचार

Related Articles