काठमाडौँ, असोज २ गते ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै जलविद्युत समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ३२ प्रतिशत, विकास बैङ्क एक दशमलव ४८, वित्त एक दशमलव ९५ र लगानी समूहको उपसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बिमा शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बिमा शून्य दशमलव ७६ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको शेयर मूल्य आठ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु १० करोड ६४ लाख ४३ हजार छ सय ९१ बराबरको दुई लाख २० हजार ५६ कित्ता शेयर किनबेच भएको छ ।