वार्ताको माध्यमबाट समाधान खोज्न आयोगको आग्रह

लोकप्रिय

काठमाडौँ, असोज ४ गते ।

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक आन्दोलन र प्रदर्शनप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै शिक्षकले आफ्ना मागहरू पूरा गराउन विद्यालय नै अनिश्चित कालीन रुपमा बन्द गरी पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लङ्घन भएको जनाएको छ ।

आयोगले स्थलगत अनुगमन गरिरहेको जनाउँदै विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगले विद्यालय बन्द गरेर गरिएको आन्दोलन मानव अधिकार सम्बन्धी विश्वव्यापी मान्यता विपरीत र नागरिकको मौलिक हक विपरीत भएको भन्दै वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

आयोगले कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल र परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन नेपाल सरकार आग्रह समेत गरेको छ ।

ताजा समाचार

Related Articles