गीतकार अधिकारीको रचनामा अमेरिकी गायिकाको स्वर

लोकप्रिय

काठमाडौँ, असोज ५ गते ।

गीतकार लोकराज अधिकारीको रचनामा अमेरिकी गायिका ज्याकलिनले नेपाली गीत रेकर्ड गराउनुभएको छ ।

पर्यटकलाई नेपाली संस्कृति, नेपाली भूभाग, नेपाली खाना, नेपाली पन र नेपालीहरू मन परेको भाव समेटिएको ‘ए कान्छा एउटा कुरा सुनी देऊ’ शीर्षकको गीतमा अमेरिकी गायिका ज्याकलिनले स्वर दिनुभएको हो । 

गीतकार अधिकारीको शब्दमा रहेका गीतमा गोविन्द मधुर आचार्यको सङ्गीत रहेको छ ।

लघु चलचित्र निर्माणको क्रममा छोटो बसाइका लागि नेपाल आउनुभएकी अमेरिकी गायिका ज्याकलिन नेपाली भाषामा पोख्त नभएपनि गीतमा भने समस्या नभएको रेकर्डिस्ट कृष्ण पुनले बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाको टेक्सास निवासी ज्याक्लिन चलचित्रको सेट डिजाइनर र ब्युटिसियन समेत हुनुहुन्छ ।

ताजा समाचार

Related Articles