एमालेले अबको निर्वाचनमा एकल बहुमत ल्याउँछ 

लोकप्रिय

काठमाडौँ, असोज ८ गते ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी विकास र सुशासनको मामिलामा बाघ भएर अघि बढ्ने उद्घोष गर्नुभएको छ ।

नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले राष्ट्रिय स्वाभिमानको झण्डा झुक्न नदिने बताउँदै आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभयो ।

महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताउनुभयो ।

नेकपा एमाले बागमती कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, एमाले बागमती कमिटीका इन्चार्ज गुरु बरालले सफलताको शुभकामना दिनुभयो ।

१२ सय प्रतिनिधि रहेको अधिवेशनको बन्द सत्र भोलि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने र अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

ताजा समाचार

Related Articles