कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार

लोकप्रिय

विराटनगर , असोज ८ गते । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मौजुदा मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले दुई मन्त्री तथा दुई राज्यमन्त्री सहित मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री बुद्धि कुमार राजभण्डारी रहनुभएको छ भने उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा रामप्रसाद महतो र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा निरन राई रहनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिमण्डल विस्तार गरिएको हो ।

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र राज्यमन्त्रीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

दुई मन्त्री र दुई राज्यमन्त्री सहित कोशी प्रदेशमा मन्त्रीमण्डलको सङ्ख्या ९ पुगेको छ ।

यसअघि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भदौ २२ गते मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles