एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने

लोकप्रिय

बेइजिङ, असोज ९ गते ।

चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

‘विश्व समुदायको साझा भविष्य स् चीनकोे प्रस्ताव र व्यवहार’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशान्त क्षेत्रका २१ देश सदस्य रहेको अन्तरसरकारी मञ्च एपेकको अमेरिका बैठकमा चीनले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

एपेकको महत्वपूर्ण सदस्य एवं सबैभन्दा ठूलो विकासशील देश चीन सकारात्मक पक्षलाई बढावा दिन सधै तत्पर रहेको बताउँदै चिनियाँ विदेशमन्त्रीले बैठक आयोजक देशका रुपमा अमेरिकाले पनि खुला तथा निष्पक्ष भएर व्यवहार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकका निम्ति उपयुक्त वातावरण बनाउन वासिङ्टन नचुक्ने विश्वास पनि विदेशमन्त्री वाङले व्यक्त गर्नुभयो ।स्वास्थ्य, जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका चुनौती समाधानका निम्ति पनि चीनले उपाय सुझाएको उहाँले बताउनुभयो ।

आगामी नोभेम्बर १५देखि १३ सम्म क्यालिफोर्नियाको तेस्रो ठूलो शहर सान फ्रान्सिस्कोमा ‘सबैका निम्ति दिगो र उत्थानशील भविष्य निर्माण’बारे बृहद् छलफल गर्न एपेक शिखर बैठक हुँदैछ ।सिन्ह्वा

ताजा समाचार

Related Articles