कोशीटप्पुलाई गैँडा उपहार

लोकप्रिय

सुनसरी , असोज १० गते । कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्व पर्यटन दिवसको अवसरमा दुईवटा गैँडा उपहार प्राप्त भएको छ । कोशी प्रदेशको सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सप्तरीमा फैलिएर रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा बुधबार गैँडा छोडिएको हो ।

आरक्षमा चितवनबाट ल्याइएका पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोको उपस्थितिमा छोडिएको हो ।

मन्त्री महतोले आरक्षको गहना र पर्यटकको आकर्षणको रूपमा गैँडा रहने विश्वास व्यक्त गर्नुभयो ।

चरा र अर्नाको राजधानी मानिएको पूर्वको पर्यटकीय स्थल कोशीटप्पु गैँडाका लागि उपयुक्त बासस्थान रहेकोले गैँडा छाडिएको हो ।

सात वर्षअघि यहाँबाट १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा लगिएको र अहिले त्यहाँबाट दुईवटा गैँडा प्राप्त भएको आरक्षका निमित्त प्रमुख संरक्षक अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles