गल्फको पहिलो दिन सन्तोसजनक प्रदर्शन

लोकप्रिय

हाङझाउ, असोज ११ गते । 

१९औं एसियाड अन्तर्गत गल्फ खेलको ब्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोस जनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेल्नुभयो । उहाँ समग्रमा ३१औं स्थानमा हुनुहुन्छ । 

यस्तै नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाउनुभयो । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा हुनुहुन्छ । 

दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा हुनुहुन्छ । पुरुषतर्फ पहिलो दिन शीर्षस्थानमा रहनुभएका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ । 

यस्तै महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा हुनुहुन्छ । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा हुनुन्छ । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्षस्थानका रहनुभएकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ ।

ताजा समाचार

Related Articles